भारत, पाकिस्तानबीच कमजोर स्वास्थ्य भएका कैदीहरूको सूची आदानप्रदान
नयाँ दिल्ली । भारत र पाकिस्तानले एक अर्काको जेलमा रहेका कमजोर स्वास्थ्य अवस्था भएका कैदीहरूको सूची आदान प्रदान गरेका भारतीय विदेश मन्त्रालयले शनिबार जनाएको छ ।
यो आदानप्रदान नयाँ दिल्ली र इस्लामाबादमा एकैसाथ कूटनीतिक माध्यममार्फत गरिएको मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयले भनेको छ, “भारतले पाकिस्तानको हिरासतमा रहेका २८२ कैदी तथा ७३ माझीको सूची पाकिस्तानलाई दिएको छ ।
त्यसैगरी पाकिस्तानले भारतीय नागरिक र नागरिक हुन् भन्ने विश्वास गरिएका आफ्नो हिरासतमा रहेका ५१ कैदी र ५७७ माझीको सूची भारतलाई पठाएको छ ।”
भारतको विदेश मन्त्रालयका अनुसार सन् २००८ को सम्झौता मुताबिक कैदीको आदानप्रदान गरिएको हो । सम्झौतामा हरेक वर्षको जनवरी १ र जुलाई १ मा यस्ता सूचीहरू आदानप्रदान गर्ने व्यवस्था गरिएको छ । रासस/सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्