राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमाले सुदूरपश्चिमले ९ जनाको नाम सिफारिस गर्यो
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
एमाले प्रदेश सचिव धर्मराज पाठकले सुदूरपश्चिमबाट खुल्ला तीन, महिला तीन र दलित तर्फ तीन जनाको नाम सिफारिस गरिएको बताउनुभयो ।
राष्ट्रिय सभा निर्वाचनका लागि खुल्ला तर्फ कृष्णप्रसाद जैशी (अछाम), राजेन्द्रसिंह रावल (कञ्चनपुर), डिल्लीराज भट्ट (कैलाली) र महिलातर्फ ठगु महरा (डोटी), भागरथी चन्द (बझाङ) र सन्तोषकुमारी थापा शर्मा(कैलाली) रहेका छन् ।
यसैगरी, दलितबाट काशीबहादुर बिक (बाजुरा), नरेशकुमार विश्वकर्मा (बैतडी), लालीराम लुहार (दार्चुला) लाई सिफारिस गरिएको छ ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित तीन दलका तीन जनाको चार बर्षे कार्यकाल पूरा भएपछि माघ १२ गते निर्वाचन हुदैछ ।








प्रतिक्रिया राख्नुहोस्