मकवानपुर जिल्ला स्तरीय भलिबलको फाइनल खेल भोलि
मकवानपुर । मकवानपुरको मकवानपुर गढीमा बिहीबारबाट जारी जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल भोलि (शनिबार) हुने भएको छ ।
आमभञ्ज्याङ युवा क्लबको आयोजना एवम् मकवानपुर गढी गाउँपालिकाको प्रायोजनमा जारी प्रतियोगिताको फाइनल खेलमा आयोजक र सहिद सुनिता स्मृति प्रतिष्ठान भिड्ने भएका छन् ।

यस अघि शुक्रवार (आज) भएको सेमिफाइनलमा आयोजक आमभञ्ज्याङ युवा क्लब (ए) ले आग्रा स्पोर्टलाई र प्रतिष्ठानले छहारी युवा क्लब नवलपुरलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । सेमिफाइनलमा प्रतिष्ठानले छहारी युवा क्लब नवलपुरलाई २५–१७, २५–१३ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो ।
यस्तै, दोस्रो सेमिफाइनल खेलमा आयोजक आमभञ्ज्याङ युवा क्लब (ए) ले आग्रा स्पोर्टलाई २५–१७, २५–१६, २५–२२, २५–२० र १५–६ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ रुपैयाँ तथा द्धितिय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सेटर र वेस्ट व्लकरलाई २/२ हजार तथा अनुशासित टिमलाई ३ हजार पुरस्कार प्रदान गरिने छ ।
यस्तै प्रतियोगितामा तृतीय हुनेले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
तेस्रो स्थानको लागि भोलि नै सेमिफाइनलमा पराजित छहारी युवा क्लब नवलपुर र आग्रा स्पोर्टबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । लिग चरणमा खेलाइएको प्रतियोगितामा जिल्लाका १२ वटा टिमको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्