तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित ४ जना पक्राउ

कास्की । पोखरामा १३ किलो ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन्  । 

कास्की प्रहरीले पोखरा महानगरपालिकाको पछाडि पट्टी जाल्पा रोडमा अवैध लागू औषध ब्राउन सुगर खरिद बिक्री, कारोबार भइरहेको भन्ने सूचनाको खोज तलास गर्दा पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले बताउनुभयो ।

नियन्त्रणमा लिई शरीर तलासी लिँदा बिक्की भन्ने नवीन कुमार गुरुङको साथबाट लागू औषध ब्राउन सुगर ५१ ग्राम सहित पक्राउ गरे छि अनुसन्धान गर्दा वडा नं ८ सभागृहमा रहेको सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागू औषध ब्राउन सुगर १२.५० ग्राम फेला पारेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा कास्की  जिल्ला पोखरा महानगरपालिका वडा नं ९ नयाँ बजार बस्ने वर्ष ३२ को लाहुरे भन्ने आशिष राना पोखरा २१ का धुब्र बहादुर थापा, रुपा गाउँपालिका वडा नं  ७ का, बिक्की भन्ने नवीन कुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका वडा न ६ की सुस्मिता गुरुङलाई पक्राउ गरेको तिवारीले बताउनुभयो ।

उनीहरूबाट ब्राउन सुगर, डिजिटल तराजु नगद ३८ हजार, मोबाइल ५ थान र ग २१ प ३३२३ नम्बरको स्कुटर बरामद गरेको तिवारी बताउनुभयो । उनीहरूलाई कास्की जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको तिवारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button