एमाले मकवानपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोट हुँदै
हेटौँडा । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट आज हुँदै छ ।
जिल्लाका १सय २ वटै वडामा जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटको कार्य भइरहेको नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले जनाकारी दिनुभयो ।
नेकपा एमालेको मकवानपुर जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदै छ ।
जिल्ला अधिवेशनको लागि जिल्लाका ९ हजार सङ्गठित सदस्यहरूले वडाबाट प्रतिनिधि छनोट गर्ने सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला अधिवेशनका लागि मकवानपुरको १सय २ वटा वडाबाट ४ सय १६ जना प्रतिनिधि छनोट हुनेछन् ।
यस्तै जिल्ला अधिवेशन आयोजक कमिटीका ३ सय ३८ जना स्वतः प्रतिनिधि हुने व्यवस्थाअनुसार जिल्ला अधिवेशनमा करिब ८ सय प्रतिनिधि हुने उहाँले जानकारी दिनुभयो ।
प्रतिनिधि छनोट गर्दा एमालेले खुलामा ३० जना सङ्गठित सदस्य बराबर एक, महिलाको २० जना सङ्गठित सदस्य बराबर एक, १० जना दलित प्रतिनिधि बराबर १ प्रतिनिधि, एउटै पालिकाबाट ३ जनाभन्दा बढी दलित प्रतिनिधि आउने भएमा १ महिला अनिवार्य हुनुपर्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्