तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिबन्धित लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ

सुनसरी । मोरङको विराटनगर–१४ स्थितबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उप–महानगरपालिका–९ का २२ वर्षीय निसान चौधरी र इटहरी–१२ का २८ वर्षीय दिवस तामाङ रहेका छन् । 

हिजो राती ९ बजे सि.आर.भि. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ११८७  नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोइन फेला परेको हो । 

खैरो हिरोइन फेला परे सँगै मोटरसाइकल चलाक दिवस तामाङ सहित दुवै जनालाई  पक्राउ गरी प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button