बिराटनगरमा विभिन्न कार्यक्रमको गरी मनाइयो राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

विराटनगर । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिराटनगरमा आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाली कांग्रेस मोरङ तथा काँग्रेससँग आबद्ध सङ्घ संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएका हुन ।
विराटनगर बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा एक कार्यक्रमको आयोजना गर्दै बिपीको तस्बिरमा माल्यार्पण गरी दिवस मनाएको छ ।
सो अवसरमा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं काँग्रेसका अग्रज नेता हरि कार्कीले बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति अहिलेको अवस्थामा अझ सान्दर्भिक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, क्षेत्रीय सभापति विनोद बस्नेत, नेपाली कांग्रेस विराटनगर महानगर सभापति दिपक चापागाईँ तथा कांंग्रेस महाधिवेशन प्रतिनिधि जर्नादन निरौला लगायतले राष्ट्रिय मेलमिलाप नीतिको महत्त्वमाथि प्रकाश पार्नुभयो ।
नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला लगायतका नेता भारतमा लामो निर्वासन अन्त्य गरी बिस २०३३ सालमा स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्षको पुस १६ गतेको दिनलाई नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलापको दिवसको रुपमा मनाउँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्