तपाईँ सुन्दै हुनुहुन्छः

हिउँका कारण अवरुद्ध त्रिभुवनराजपथ सुचारु

मकवानपुर । मकवानपुरको सिमभञ्याङ–दामनमा अवरुद्ध त्रिभुवनराजपथ सुचारु भएको छ । हिउँको कारण अवरुद्ध त्रिभुवन राजपथ ३६ घण्टापछि सुचारु भएको हो ।

डोजरले हिउँ पन्छाएपछि राजमार्ग दुईतर्फी नै सुचारु भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । बुधवार बिहान अवरुद्ध भएको सडक हिजो साँझबाट सुचारु भएको प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालय र थाहा नगरपालिकाको समन्वयमा हिउँ पन्छाएर सडक सुचारु गरिएको हो ।  यसैबिच सिमभञ्याङ–दामन क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकको आज पनि उत्तिकै भिडभाड रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button