तमु ल्होछार महिला गोल्डकप प्रतियोगिताको उपाधि बिर्तामोड फुटबल क्लब झापालाई
पाँचथर । पाँचथरको रानीटारमा आयोजित प्रदेशस्तरीय तमु ल्होछार महिला गोल्डकप प्रतियोगिताको उपाधि बिर्तामोड फुटबल क्लब झापाले जितेको छ ।
रानीटारको बराजु रङ्गशालामा बिहीबार अपराह्न भएको अन्तिम प्रतिस्पर्धामा द सेभेन युथ क्लब धनकुटालाई १–० गोलअन्तरले हराउँदै झापाले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ३६ औँ मिनेटमा झापाका तर्फबाट कुशुम खतिवडाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । कुशुमले फ्रि–किकबाट आएको बल कब्जामा लिएर पोस्टतर्फ प्रहार गर्दा गोल भएको थियो ।
विजेता झापाले नगद ५० हजार र उपविजेता धनकुटाले ३० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र पाएका छन् ।तमु ल्होछार एक नम्बर प्रदेशस्तरीय महिला फुटबल’ नाम दिइएको प्रतियोगिता पुस १२ गते सुरु भएको थियो । खेलमा ८ टिम सहभागी थिए ।








प्रतिक्रिया राख्नुहोस्