नेपालगञ्जबाट एक किलो सुनसहित दुई जना पक्राउ

बाँके। बाँकेको नेपालगञ्जबाट एक किलो सुनसहित दुई जना पक्राउ परेका छन् । बाँके प्रहरीले नेपालगञ्जको राँझा चोकबाट एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक ईश्वर गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले बारेकोट ६ जाजरकोटका २२ वर्षीय राजु कार्की र सोही ठाउँका २९ वर्षीय पूर्ण बहादुर विकलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट २ लाख ७७ हजार मूल्य बराबरको सुन र ४ लाख रुपैयाँको एक थान चेक बरामद गरिएको हो ।
प्रहरी निरीक्षक गिरीका अनुसार त्यस ठाउँमा अवैध रूपमा सुनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्