तपाईँ सुन्दै हुनुहुन्छः

हिटर र गिजर प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह

File photo

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने काममा सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ । 

देशभरि चिसो बढेसँगै निसास्सिएर मृत्यु भएका समाचार आइरहेका बेला मन्त्रालयले आज एक सूचना जारी गर्दै हावा ओहोरदोहोर हुने ठाउँमा मात्र हिटर बाल्न र गिजर प्रयोग गर्न अनुरोध गरेको हो । 

यसैगरी आगो वा हिटर ताप्दा कागज, कपडा जस्ता छिटो जल्ने सामाग्री नजिक नराख्ने, आगो तापिसकेपछि पूर्ण रूपमा निभाउने, हिटरलाई समय समयमा बन्द गर्ने, सुत्नुअघि हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिरा खुला ठाउँमा जडान गर्ने र गिजर खोलेर लामो समय बाथरुममा नबस्न सर्वसाधारणलाई मन्त्रालयले अपिल गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button