२ सय ४१ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ । देशभरि आज २ सय ४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
८ हजार ८ सय ९७ जनाको नमुना परीक्षण गर्दा २ सय ४१ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा २ सय २८ जना सङ्क्रमण मुक्त भएका छन् । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ८ लाख ११ हजार ७ सय ४६ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९८ प्रतिशत छ ।
देशभरि ४ हजार ८ सय ७१ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्