तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (एमाले) सुनसरीको जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी सुनसरीले ७ औँ अधिवेशनमा कोशी टप्पुको प्रतीकको रूपमा रहेको अर्नासहित सुनसरीका विभिन्न पर्यटकीय क्षेत्रको प्रयोग लोगो सार्वजनिक गरेका छन् । 

सुनसरीको इटहरीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको ७ औँ जिल्ला अधिवेशन आगामी पुस २३ र २४ गते हुने भएको हो ।  

नेपाल कम्युनिष्ट पार्टीले इनरुवा नगरपालिका वडा नम्बर–१ मा रहेको जेल फिल्डमा जिल्ला अधिवेशन गर्ने जानकारी दिएको छ । 

पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने जिल्ला अधिवेशनबाट २ हजार अधिवेशन प्रतिनिधिहरूले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव सहित १३५ सदस्य जिल्ला कमिटी चयन गर्ने छन् । 

जसमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुने छ भने समावेशीताको सिद्धान्तलाई अङ्गीकार गर्दै दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र अल्पसङ्ख्यक जातिहरूको समेत प्रतिनिधित्व सुनिश्चित गरिने एमालेले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । अधिवेशनमा कुल २० लाख खर्च हुने एमालेको अनुमान छ । 

जिल्ला अधिवेशनलाई लक्षित गरेर ९ वटा उपसमिति समेत निर्माण गरिएको जिल्ला कमिटी सह–सचिव लोके निरौलाले जानकारी दिए । अधिवेशनको तयारी आजसम्म आधा सकिएको समेत उनले बताए ।

एमालेले भूगोलसँगै पार्टीका विभिन्न सक्रिय जनसङ्गठनका प्रतिनिधीहरुलाई समेत अधिवेशनमा प्रतिनिधित्व गराउने सुनसरीमा अधिक महाधिवेशन प्रतिनिधि किन भन्ने पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै अध्यक्ष पोखरेलले अन्य जिल्लाको भन्दा विशिष्ट तवरले अधिवेशन गर्ने लक्ष्य राखेका कारण प्रतिनिधिको सङ्ख्या अधिक भएको जानकारी दिए । 

साथै उहाँले विभिन्न दल परित्याग गरिआउने, समानान्तर कमिटी गठन गर्ने र जनसङ्गठनका प्रतिनिधिहरूको पनि प्रतिनिधित्व सुनिश्चित गर्दा प्रतिनिधि सङ्ख्या बढी भएको जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button