१३८ औँ लेखनाथ जयन्ती विविध कार्यक्रम गरी सम्पन्न

पोखरा । कवि शिरोमणि लेखनाथ पौडेलको १३८ औँ दिवसीय जन्म जयन्ती मूल समारोह कार्यक्रम बिहीबार पौड्यालको जन्मस्थल अर्घौ अर्चलेमा विभिन्न सङ्घ संस्थाको सहभागितामा विविध कार्यक्रम साथ सम्पन्न भएको छ ।
कवि शिरोमणि लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष विश्व प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कविको जन्मस्थल अर्घौ अर्चलेमा स्थलगत कविता लेखन तथा वाचन कार्यक्रम गरी विभिन्न स्रष्टालाई सम्मान गरी मनाइएको हो ।
कार्यक्रमका प्रमुख एवं लेखनाथ साहित्य पुरस्कार २०७७ वाट नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति वरिष्ठ साहित्यकार शरु भक्त श्रेष्ठलाई सम्मान गरिएको थियो त्यसै गरी , लेखनाथ साहित्य पुरस्कार २०७८ वाट साहित्यकार रमेश खकुरेल र लेखनाथ पत्रकारिता पुरस्कार, २०७८ वाट पत्रकार भिमपाणी बराललाई पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख साहित्यकार शरु भक्त श्रेष्ठले जसरी पौड्यालले साहित्य सेवामा जीवन समर्पण गरे त्यसरी नै आफूले आजीवन नेपाली साहित्यको सेवा गरी रहने प्रतिबद्धता व्यक्त गर्दै नेपाली साहित्यलाई सक्दो सहयोग गर्ने धारणा राखे ।
लेखनाथ पौड्यालको जन्म वि..स. १९४१ जन्मिएर नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता, आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवता वादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छ ।
विक्रम सम्वत २००८ सालमा पौड्याललाई कविशिरोमणिको उपाधि दिइएको थियो । उनको जन्मस्थल साबिक लेखनाथ नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक स्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो । उनका थुप्रै कविता ऋतु विचार , वुद्धिविनोद, सत्यकलि संवाद, सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली, तरुण तपसी, लक्ष्मीपूजा, गौरी लगायत दर्जनौँ नाटक र कविता रचना गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्