तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा आजदेखि ‘सडक महोत्सव’सुरु (फोटोफिचर)

कास्की  । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ आजदेखि सुरु भएको छ ।

आजदेखि १७ गतेसम्म रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) को आयोजनामा लेकसाइडस्थित फेवा किनारमा २३औँ सडक महोत्सव सञ्चालन भएको हो । 

कोरोना कालको लामो समयपछि लेक साइडमा मानिसहरूको चहलपहल सुरु भएको छ । 

सडक मै खाउ, सडकमै रमाउ भन्ने नारासहित विभिन्न झाकी बाजागाजा तथा सांस्कृतिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । 

फेवा किनारमा रहेको करिब ३ किलोमिटर सडकमा महोत्सव सञ्चालन भएको छ  । 

कोमागाने पार्कमा महोत्सव स्थल भए पनि सडकमै खानाका परिकारदेखि विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन रेवान पोखराले जनाएको छ । 

‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवर्द्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरामा महोत्सव सुरु गरिएको महोत्सव संयोजक नेरेश भट्टराईले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button