तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा रुखबाट खसेर एक महिलाको मृत्यु

सल्यान । सल्यानमा घाँस काट्न गएकी एक महिलाको रुखबाट खसेर मृत्यु भएको छ । 

जिल्लाको छत्रेश्वरी गाउँपालिका –२ डिग्रे निवासी ५४ वर्षीया भीमा घर्तीको रुखबाट लडेर मृत्यु भएको हो ।


बुधवार बिहान घाँस काट्न गएकी घर्ती दिउँसोसम्म पनि घर नफर्किएपछि घरपरिवारले खोजी क्रममा घर नजिकैको रुखको फेदमा मृत फेला पारेका थिए । 

घर्तीको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको र थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button