तपाईँ सुन्दै हुनुहुन्छः

मैत्रीपूर्ण भलिबलमा पत्रकारको टोली विजयी

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को स्थापना दिवसका अवसरमा आज जिल्ला खेलकुद विकास समिति सुर्खेतको खेल मैदानमा पत्रकार र खेलकुद विकास परिषद्का पदाधिकारी तथा कर्मचारीबिच भएको मैत्रीपूर्ण भलिबल खेल प्रतियोगिता भएको थियो । उक्त खेलमा सोझो दुवै सेट आफ्नो हातमा पारेर पत्रकारको टोली विजयी भएको छ । 

खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक हुँदा खेलकुद पदाधिकारीसँग २४–२२ ले पछाडि परेको पत्रकार टोलीले प्रतिद्वन्द्वी टोलीलाई पछि पार्दै २६–२४ अङ्कले जीत हात पारेको थियो । दोस्रो सेटको खेलमा सुरुबाटै खेलकुद पदाधिकारीको टोलीलाई पछि पार्न सफल पत्रकार टोलीले अन्त्यमा २५–१२ अङ्क बढी ल्याएर जितेको थियो । 

उक्त प्रतियोगिता पत्रकार टोलीको नेतृत्व केशव ढकालको थियो भने खेलकुद पदाधिकारीको नेतृत्व कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले गर्नुभएको थियो । 

विजेता खेलाडीलाई परिषद् स्थापना दिवसका अवसरमा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button