समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रम जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्ताबेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथिको समूहगत छलफल सकिएसँगै निष्कर्ष प्रस्तुत गर्ने क्रम जारी रहेको छ ।
राजनीति दस्ताबेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजित गरेर बुधवार बिहान १२ सम्मको समय छुट्याइएको थियो ।
समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं। २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टङ्क राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं. १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मीनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गर्नुभएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
महाधिवेशनको पाँचौँ दिन भोलि पुस १५ गते बिहीबार बिहान ११ बजेदेखि बन्द सत्र सुचारु हुने र बाँकी रहेका समूहले बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्