तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ : अध्यक्ष यादव

File Photo

परासी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति  र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 

पार्टीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,“ पार्टीले समय आएपछि  एमसिसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।” अध्यक्ष यादवले राज्य पुनः संरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button