तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा र हिमपातले मध्य पहाडी लोक मार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ । मङ्गलवार रातीदेखि परेको वर्षा र हिमपातका कारण मध्य पहाडी लोक मार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोक मार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड हिमपातका कारण अवरुद्ध भएको हो ।

जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा २ फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वी रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन् । 

हिउँ जमेकाले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button