तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा भिरबाट लडेर दुई जनाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका–२ जिमीका २४ वर्षीय कमल गिरी र सल्यानको कपुरबोट गाउँपालिका–६ कपुरबोट घर भई हाल बरेङमा सडक निर्माणको काम गर्दै आएका ५५ वर्षीय तिलबहादुर महतराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

गिरीको पाइप लाइनको काम गरेर फर्कने क्रममा गोरेटो बाटोबाट ३५ मिटर तल भिरमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । महतराको आफू बस्ने क्याम्प नजिकै सानखोलामा शव भेटिएको प्रहरी प्रहरी नायब उपरीक्षक हवारीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button