तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा भारी हिमपात, जनजीवन कष्टकर

हिउले ढाकेको रारा तालको दृश्य

मुगु । गएराती देखि मुगुमा भारी वर्षा सँगै हिमपात भएको छ ।  हिमपात भएपछि मुगुको जनजीवन कष्टकर बनेको छ । हिमपातले  मुगुको ताल्चा विमानस्थलमा हवाई सेवा बन्द हुनुका साथै सतही मार्ग समेत हिमपातले अवरुद्ध भएको छ । हिमपातले ताल्चा विमानस्थल सेताम्मे हिउँले ढाकेको छ ।

विशेष गरी मुगुका उच्च हिमाली बस्ती हरू, रोवा, घट्टललेख, लिउडी, मुर्मा, पिना, टोप्ला,झ्यारी, मन्दु, रारा ,चुचेमारा, बाम लगायतका बस्तीहरूमा भारी हिमपात भएको स्थाननीय बासिन्दाले बताएका छन् । 

हिमपातसँगै वर्षा भएपछि  मुगुको व्यापारिक केन्द्र गमगढी बजार सुनसान बनेको छ । दिनभर हिमपात भएपछि  पशुचौपायहरू समेत दिनभर गोठभित्रै थुन्नु परेको छ भने  स्थानीयहरू आगो तापेर  बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button