तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार सचिव र मातहतका निकायबीच कार्य सम्पादन सम्झौता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीबीच चालु आर्थिक वर्षको कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

यसैगरी नेपाल दूरसञ्चार प्राधिकरण, गोरखापत्र  संस्थान, विज्ञापन बोर्ड, राष्ट्रिय समाचार समिति, चलचित्र विकास बोर्ड, नेपाल टेलिभिजन, राष्ट्रिय सूचना केन्द्र र सुरक्षण मुद्रण विकास समितिका अध्यक्ष तथा निर्देशकहरूसँग पनि कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. अर्यालले सम्झौता पत्रमा प्रतिबद्धता जनाएअनुरूप कार्य सम्पादन गर्न सम्बन्धित प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

उहाँले कार्य सम्पादनका सिलसिलामा आइपर्ने समस्या समाधानका लागि मन्त्रालयले सहयोग गर्ने उल्लेख गर्नुभयो ।

उहाँले कार्यालय प्रमुखहरूले अरूलाई दोष लगाएर पन्छिने काम गर्न नहुने भन्दै अपेक्षित परिणाम आउने गरी काम गर्न पनि सबैलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button