झापामा ट्याक्टरले किचेर चालकको मृत्यु

भद्रपुर, झापा । झापाको झापा गाउँपालिका–४ स्थित भित्री सडक खण्डमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ ।
मङ्गलवार दिउँसो मे१त ४७०९ नम्बरको खाली ट्याक्टर आफैँ अनियन्त्रित भई खेतमा पल्टिएर दुर्घटना हुँदा चालक झापा गाउँपालिका–४ का २२ वर्षीय सुनिल हेमरको मृत्यु भएको हो ।
ट्याक्टरको इन्जिनले किच्दा हेमरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्