भोलिदेखि मौसममा क्रमिक सुधार हुने : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै गए रातिदेखि नै काठमाडौँ उपत्यकालगायत देशभरका धेरैजसो स्थानमा वर्षा भइरहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन आएको र देशभरि नै सामान्य तथा पूर्ण बदली हुनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यम खालको हिमपात भइरहेको छ भने आज राती पनि यो प्रणाली सक्रिय नै रहने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
भोलिदेखि मौसममा बिस्तारै सुधार आउने र देशका धेरैजसो स्थानमा घाम लाग्ने सम्भावना रहेको छ । भोलि बिहीबार दिनभर घाम नलागे पनि वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्