तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङको ढोरपाटनलगायत उच्च पहाडी क्षेत्रमा भारी हिमपात

बागलुङ  । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । 

ढोरपाटनलगायत जिल्लाको निसीखोला, तमानखोला, गाँजाको दहमा पनि यस वर्षको पहिलो हिमपात भएको हो ।

मङ्गलवार रातिदेखि भएको हिमपातका कारण पशु चौपायालाई घाँस दान खुवाउन र कामकाज गर्न समस्या भएको निसीखोला गाउँपालिका वडा नम्बर ६ सीपका ओम घर्ती मगरले जानकारी दिनुभयो ।

त्यस्तै ,पर्यटकीय क्षेत्र गाजाको दह, तारा खोलाको माथिल्लो क्षेत्रमा पनि हिमपात भएको छ । बागलुङमा यो यस वर्षको पहिलो हिमपात हो । 

वर्षासँगै हिमपात भएपछि कृषकहरू खुसी भएका छन् । लामो समयदेखि वर्षा नहुँदा खेत बारीमा लगाएको गहुँ बाली ओइलिने समस्या थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button