तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरको फालेलुङमा आगलागी हुँदा तीन घर नष्ट

फाइल तस्बिर

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ताङ्लेपामा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन् ।

फालेलुङ– ३ मा बुधवार बिहान भएको आगलागीमा पूर्ण बहादुर केरुङको तीन वटा घर जलेर नष्ट भएको हो । 

आगलागीमा सुन, चाँदी, खाद्यान्न, लत्ता कपडा र नगदसहित ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । 

बुधवार बिहान करिब ६ः३० बजे सुरु भएको आगलागी इलाका प्रहरी चौकी मेमेङको प्रहरी टोली र स्थानीयहरूको सक्रियतामा १०ः०० बजे नियन्त्रणमा आएको थियो । 

बिजुली सट भएर आगलागी भएको हुनसक्ने स्थानीयले बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button