त्रुटि सुधार्दै गठबन्धन सरकार अघि बढ्नुपर्छ: अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म सरकार सञ्चालनमा भएका त्रुटिहरूलाई सुधार्दै गठबन्धन सरकार अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
आज काठमाडौँमा आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बिच पार्टी एकता घोषणा सभामा अध्यक्ष नेपालले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गठबन्धन सरकार अरू सरकारभन्दा भिन्न हुनुपर्ने र त्यसका लागि देशका प्राथमिकतालाई निर्धारण गरेर अगाडि बढ्न सुझाव दिएको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले उद्यमशीलताको विकास र उत्पादन क्षमता वृद्धिका लागि उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
२०६२ सालमा माओवादीबाट अलग भई जनवादी पार्टी गठन गर्नुभएका देवेन्द्रसिंह महताले क्रान्तिकारी पार्टीबिचको एकता अपरिहार्य रहेको र आफ्नो पार्टीका ११ सय बढी नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा सहभागी भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्