पूर्वाधारसँगै समग्र मानवीय विकास आवश्यक: मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले पूर्वाधार विकाससँगै समग्र मानवीय विकास उतिकै आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगरमा आज आयोजित ‘प्रदेश १ को दीर्घकालीन आर्थिक विकास लगानी प्रवर्द्धन र निजी क्षेत्रको भूमिका’ विषयक कार्यक्रममा उहाँले समग्र मानवीय विकासलाई लक्षित गरी विकास निमार्णका काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेश नं. १ लगानीको सम्भावना प्रचुर रहेकाले निजी क्षेत्रलाई उत्पादनमुखी उद्योगमा लगानी गर्न आग्रह गर्नुभयो ।
‘यो प्रदेश बालुवा चालेर सुन निकाल्ने प्रदेश भएकाले नदी नालाबाट विद्युत् उत्पादन गरी प्रदेश र प्रदेशवासीलाई सम्पन्न तथा सबल बनाउने सकिन्छ’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री राईले कानुनको जटिलतालाई हल गरेर भए पनि लगानीका थप वातावरण बनाउन प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. १ का प्रमुख सचिव डा रामप्रसाद घिमिरे तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन कुमार दाहालले प्रदेश नं. १ का आर्थिक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्