तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा पूर्व महाधिवेशन प्रतिनिधि श्रेष्ठको निधनमा समवेदना व्यक्त

फाइल तस्बिर

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस खोटाङका नेता तथा पूर्व महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । 

खोटाङको जन्तेढुङ्गा गाउँपालिका, चिसापानीका वडाध्यक्षसमेत रहनुभएका श्रेष्ठको ६३ वर्षको उमेरमा गए राति निधन भएको हो । उहाँ साबिक चिसापानी गाविसका पूर्व अध्यक्ष, काँग्रेसको पूर्वक्षेत्रीय सभापति तथा जिल्ला कार्य समितिको पूर्व सदस्यसमेत हुनुहुन्थ्यो ।

सामाजिक, सामुदायिक, शैक्षिक, राजनैतिक एवं जिल्लाको विकास निर्माणमा स्वर्गीय श्रेष्ठले गर्नुभएको सेवा तथा पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहिरहने कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button