तपाईँ सुन्दै हुनुहुन्छः

पदाधिकारी सहमतिमै टुङ्ग्याउने विषयमा छलफल गर्न माओवादी स्थायी समिति बैठक जारी

 काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन चलिरहेकै बेला पार्टीको स्थायी समिति बैठक बसिरहेको छ । 

कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौँ महाधिवेशनको बन्द सत्र चलिरहेका बेला स्थायी समिति बैठक पनि बसेको हो । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । 

माओवादी केन्द्रको पदाधिकारी सहमतिमै टुङ्ग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बुझिएको छ । 

आइतबारबाट सुरु भएको आठौँ महाधिवेशनको बन्द सत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामा २५ वटा समूहमा आज छलफल भइरहेको छ । 

समूहका नेताहरूले भोलि बुधवार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

पार्टीको जारी महाधिवेशनले पार्टीको आगामी कार्यदिशा तय गर्दै नेतृत्व चयन गर्नेछ । महाधिवेशनले बहुदलीय व्यवस्थामा जाने गरी १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति समेत चयन गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button