तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ३३ हजार बालबालिबालिकाले लगाए मोर्डना खोप

मकवानपुर।मकवानपुरमा हालसम्म ३३ हजार बालबालिकाले कोरोनाविरुद्धको मोर्डना खोप लगाएका छन् । सोमबारसम्म जिल्लाका १० मध्ये ९ पालिकाका १२ देखि १७ वर्ष उमेर समूहका ३३ हजार १६४ बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायका अनुसार जिल्लामा कुल ५५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य मध्ये हालसम्म ६० प्रतिशत अर्थात् ३३ हजार १६४ जनालाई खोप लगाइएको हो । पौष ४ गतेदेखि सुरु भएको खोप अभियानमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका १५ हजार ४ सय ३४ जना र सबैभन्दा कम कैलाश गाउँपालिकाका ४ सय २९ जना बालबालिकाले खोप लगाएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, मनहरी गाउँपालिकामा ४ हजार ७ सय, थाहा नगरपालिकामा ३ हजार १ सय ८५, बकैया गाउँपालिकामा ३ हजार २ सय ६०, बागमती गाउँपालिकामा २ हजार ४८, मकवानपुरगढी गाउँपालिकामा १ हजार ८ सय ८४, भिमफेदी गाउँपालिकामा १ हजार ५ सय १२, इन्द्र सरोवर गाउँपालिकामा ७ सय १३ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको उहाँले बताउनुभयो ।

जिल्लाको विकट राक्सिराङ गाउँपालिकाको भने तथ्याङ्क आइनसकेको समेत उहाँले बताउनुभयो । मकवानपुरमा पुस १४ गतेसम्म सम्म खोप अभियान सञ्चालन हुने उहाँले जानकारी बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button