काँग्रेस: १६ जिल्लाको अधिवेशन पुष २७ गते हुने
काठमाडौं । नेपाली काँग्रेसको जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन यही पुस २७ गते हुने भएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी रहेका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा , पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायतका जिल्लामा आगामी पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्