तपाईँ सुन्दै हुनुहुन्छः

तीन तहको निर्वाचन आफ्नो मुख्य प्राथमिकता: नेता कोइराला

विराटनगर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आगामी हुने तीनै तहको निर्वाचनमा आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

नेता कोइरालाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सङ्घ,  प्रदेश र स्थानीय तहको निर्वाचनमा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

महाधिवेशनमा जे जस्तो परिणाम आए पनि यस अघि जसरी पार्टीभित्र आफूले भूमिका निर्वाह गरेको त्यसैगरि आगामी दिनमा पनि काँग्रेसलाई सङ्गठित बनाउन आफ्नो भूमिका रहिरहने उहाँले प्रस्ट पार्नुभयो ।  

उहाँले महाधिवेशन सम्पन्न भइसकेकाले अब महासमितिको बैठक बोलाएर पार्टीको नीति तथा कार्यक्रम पास गर्नुपर्ने बताउनुभयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button