गण्डकी प्रदेशमा मन्त्रालय सङ्ख्या १२ पुग्यो
कास्की । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
सोमबारको क्याबिनेट बैठकले कार्य विभाजन नियमावली २०७४ संशोधन गरेर एउटा मन्त्रालय बढाएको हो । योसँगै प्रदेशमा अब मन्त्रालय सङ्ख्या १२ पुगेको छ ।

मन्त्री नियुक्त भएको साँढे दुई महिनापछि काँग्रेसका डोवाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी पाउन लाग्नुभएको हो । उहाँलाई आन्तरिक मामिला मन्त्रालय दिने गरी नियमावली संशोधन गरिएको एक मन्त्रीले बताउनुभयो । हाल आन्तरिक मामिला मन्त्रालय मुख्यमन्त्री मातहत नै रहेको थियो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत २५ असोजमा डोवाटेलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयको कार्यविधि पास गरेको छ । स्रोतका अनुसार मङ्गलवार मुख्यमन्त्रीले डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी औपचारिक रुपमा सुम्पने तयारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्