तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा पुसभित्र ६६ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइने

जनकपुरधाम । कोरोना विरुद्धको खोप प्रदेश नंं २ मा १५ लाख व्यक्तिले दुवै खोपको मात्रा लगाइसकेको प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

दुवै मात्रा खोप लिने जनसङ्ख्या ३७ प्रतिशत पुगेको र खोप लगाउने क्रममा गति दिने काम भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनुभएको छ । पहिलो डोज लिनेको सङ्ख्या २० लाख पुगेको छ । दुवै खोप मिलाएर ३५ लाख मानिसहरूले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।  

अहिले अभियानका रुपमा नै खोप लगाउने काम भएकाले पुस मसान्त भित्रमा ६६ प्रतिशत व्यक्तिलाई खोप लगाउने लक्ष्य सहित जिल्ला जिल्लामा अभियानका रुपमा नै भइरहेको छ । अहिले विद्यार्थीहरूलाई केन्द्रित गरेर आठ वटै जिल्लामा १२ वर्ष देखि १७ वर्ष मुनिका बालबालिकाहरूलाई फाईजर तथा मोडर्ना खोप दिने काम भइरहेको निर्देशक झाले जानकारी दिनुभयो ।

कोरोनाको नयाँ भेरियन्टवाट जोगिनका लागि कोरोना विरुद्धको खोप नियमित रुपमा लगाउनका लागि चिकित्सकहरूले सल्लाह दिनुभएको छ । खास गरेर भारतमा ओमिक्रोन फैलिरहेकाले त्यसबाट हुने प्रभावलाई कम गर्नका लागि नजिकको खोप केन्द्रमा पुगेर खोप लिन स्वास्थ्य निर्देशनालयले सर्वसाधारणमा आग्रह गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button