तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न परिवार र विद्यार्थीले पाए खाद्य सामाग्री र पाठ्य सामाग्री वितरण

चितवन ।  नारायणगढमा रहेको स्कुल लिटल फ्लावर स्कुलले डेढ सय विपन्न तथा विद्यार्थी घर परिवारलाई खाद्य सामाग्री तथा पाठ्य सामाग्री वितरण गरेको छ । 

क्रिसमस अवसर पारेर चितवनको राप्ती नगरपालिकाका वडा नम्बर १२ का विपन्न, गरिब चेपाङ समुदायलाई लक्षित गरी उक्त सामाग्रीसहित जाडोका न्यानो कपडा पनि  वितरण गरेको हो । 

क्रिसमसमा खरिने फजुल खर्चलाई न्यूनीकरण गरी विपन्न घरपरिवारको चुल्हो बल्न सहज होस भन्ने हेतुले ती सामाग्री वितरण गरिएको स्कुलका प्राचार्य फादर रोवीले जानकारी दिनुभयो । 

हरेक धर्मको गन्तव्य मानवीय सेवा रहेकोले स्कुलले गरिब विपन्नलाई मलम लगाउन मदत गरेको भन्दै फादर रोबीले ती सामाग्री वितरण गर्न पाउँदा आफूलाई अत्यन्त खुसी मिलेको बताउनुभयो ।

“क्रिसमसमा गरिब दुःखीको सेवा गर्नु हाम्रो धर्म र भाग्य पनि हो”, उहाँले भन्नुभयो, “उहांँहरुलाई सहयोग गर्न पाउँदा भगवान् ‘यशु’ मिलेको अनुभव भयो ।”  यस्ता सामाजिक कार्यले समाजमा समेत सकारात्मक सन्देश जाने उहांँको भनाई छ  ।

स्कुलले यो वडाका  १५० जना घरपरिवारलाई एक महिनालाई पुग्ने चामल, तेल, दाल, नुन जस्ता खाद्य सामाग्री वितरण गरेको थियो भने ती परिवारलाई मफलर, जकेट, स्वेटर लगायतका न्यानो कपडा वितरण गरेको थियो । 

यस्तै, विपन्न परिवारका ८० जना बालबालिकालाई पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले कापी,कलम वितरण गरिएको फादर रोवीले बताउनुभयो । 

स्कुलले अध्ययन अध्यापनको साथै आगामी दिनमा पनि यस्तै सामाजिक कामलाई निरन्तरता दिने फादर रोवीको भनाई छ । 

यसअघि, पनि स्कुलले लिटिल फ्लावर सोसाइटीसँग सहकार्य संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प ,बाढी पहिरो तथा कोरोना कालमा खाद्य सामाग्री, लत्ताकपडा, पोषणयुक्त खाना तथा फलफूल लगायत गरी लाखौँ रुपैयाँका सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button