सूचनामा महिलाको सार्थक सहभागिताका लागि आर्थिक रुपमा सबल बनाउनुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचनामा महिलाको सार्थक सहभागिताका लागि महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सूचना आयोगद्वारा आज काठमाडौँमा आयोजित सूचनाको हकमा महिला सहभागिता : चुनौती र अवसर विषयक विचार गोष्ठीमा मन्त्री कार्कीले बेरोजगारी र गरिबिका कारण महिलाहरू पछाडि परेको बताउनुहुँदै उनीहरूको आर्थिक सक्षमताका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकले अहिले विकास र समृद्धि चाहेको बताउनुहुँदै सबैले सहकार्य गरेर अघि बढेमा समस्या र विभेदहरू अन्त्य हुने पनि बताउनुभयो ।
महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सूचना आदानप्रदानको कार्यलाई परिवारबाटै व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्