पाल्पामा १० हजार २ सय ४५ जना नयाँ मतदाता
पाल्पा।पाल्पामा १० हजार २ सय ४५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानबाट १० हजार बढी मतदाता थपिएका हुन । कार्यालयले गत मङ्सिर १७ गते देखि पुस ८ गतेसम्म जिल्लाभर नयाँ मतदाता सङ्कलन अभियान चलाएको थियो ।
जिल्लाका विभिन्न पालिकाका केन्द्रमा सङ्कलन गरिएको फोटो सहितको मतदाता नामावलीमा ४ हजार ८ सय ९० जना महिला र ५ हजार ३ सय ५५ जना पुरुषको मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । अहिले पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा नयाँ मतदाताको नामावली सङ्कलन भइरहेकाले यो सङ्ख्या अझै वृद्धि हुने जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्