तपाईँ सुन्दै हुनुहुन्छः

एपिएफलाई प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधि

धनगढी । विभागीय टोली एपिएएफ क्लबले धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश नं १ लाई सात विकेटले हराउँदै उपाधि चुमेको हो । 

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा प्रदेश नं १ लाई सात विकेटले पराजित गर्दै एपिएफ प्रतियोगिताको च्याम्पियन बनेको हो । उपाधि जितेसँगै एपिएफले रु पाँच लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । 

उपविजेता बनेको प्रदेश १ ले रु तीन लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्‍यो । फाइनलमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनायो । 
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button