तपाईँ सुन्दै हुनुहुन्छः

जाडो छेक्न बालिएको घुरबाट गोठमा आगलागी, लाखौँको क्षति

बीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरे निवासी जगरनाथ प्रसाद चौहानको गोठमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । 

गोठमा जाडो तथा लामखुट्टेबाट पशुलाई बचाउन बालिएको घुरबाट अचानक आगलागी हुँदा गोठमा रहेका चार वटा बाख्रा मरेका छन् भने एउटा भैँसी र तीन वटा पाठा पाठी घाइते भएका छन् । 

आगलागीको कारण गोठमा भण्डारण गरिएको खाद्यान्न, काठ पात गरी लाखौँको क्षति भएको पीडित चौहानले बताउनुभयो ।

आगो स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको कारण अन्यत्र फैलिन नपाएको स्थानीय प्रेमनाथ साह तेलीले जानकारी दिनुभयो । 

जाडोको समयमा तराई मधेसमा घुर बाल्ने परम्परा रहेको र सानो असावधानको कारण आगलागीका घटनाहरू हुने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button