तपाईँ सुन्दै हुनुहुन्छः

आगामी ३ वर्षमा देशलाई काठमा आत्मनिर्भर बनाइने

काठमाडौँ । वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारण सभा तथा चौथो महाधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी सन् २०३० सम्ममा नेपालको कुल भू–भागको ४५ प्रतिशतलाई वन क्षेत्र बनाइने बताउनुभयो । 

मन्त्री यादवले तीन वर्षभित्रमा वन/जङ्गल र काठमा आत्मनिर्भर बनाउँदै पाँच वर्षभित्रमा काठ निर्यात गर्ने योजनामा मन्त्रालय रहेको बताउनुभयो । 
मन्त्री यादवले देशभित्र उत्पादित काठलाई सहज रुपमा प्राप्त गर्ने व्यवस्था मिलाउने,काठ कटान र टेन्डरमा देखिएको बिचौलियाको समस्या समाधान गर्ने र फर्निसिङ्ग क्षेत्रका व्यवसायीलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा महासङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालमा नेपाली काठ सहज रुपमा उपलब्ध नहुँदा व्यवसायीले विभिन्न समस्या भोग्नुपरेको गुनासो गर्नुभयो ।

महासङ्घका महासचिव ओमबहादुर बस्नेतले नेपाल पछिल्लो समयमा प्लास्टिक फर्निचर, ग्राफिक कार्पेट, म्याटे«स, गलैँचा, पिभिसी कार्पेट लगायत फर्निचर/फनिसिङ्गमा आत्मनिर्भर बन्दै गएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button