तपाईँ सुन्दै हुनुहुन्छः

‘सामाजिक न्याय सहितको आर्थिक विकासमा जोड दिनुपर्छ’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीको आस्था, विश्वास र पहिचान रहने गरी सामाजिक न्याय सहितको आर्थिक विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । 

क्रिसमसका अवसरमा राष्ट्रिय ख्रीष्टीयन महासङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले विविधता बिचको एकता र सद्भावको परम्परालाई कायम राख्दै राष्ट्रनिर्माणमा एकजुट हुनुपर्ने बताउनुभयो । 

file photo

राष्ट्रपति भण्डारीले फरक–फरक आस्था, विचार र परम्परा अपनाएकै कारण कसैमा पनि राष्ट्रप्रतिको माया र नागरिक कर्तव्य बोधमा कमी आउन नहुने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले राज्यको तर्फबाट सबै धर्म र परम्पराका नागरिकप्रति समान व्यवहार हुने र सबैले संरक्षणको समान अवसर प्राप्त गर्ने समेत बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button