एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : अध्यक्ष ओली

विराटनगर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले भन्नुभयो, “एमसिसीका विषयमा व्यक्तिगत रुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो? स्पष्ट हुनुपर्छ ।”
पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्