तपाईँ सुन्दै हुनुहुन्छः

फेदी पाटनमा सुन्तलाको उत्पादन बढ्दै

पोखरा । पोखरा महानगरपालिकाको फेदी पाटनमा केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको छ । यस वर्ष मात्र सो क्षेत्रका किसानहरूले सुन्तला बिक्रीबाट २२ लाखभन्दा बढी रकम भित्र्याएका छन् ।

पोखरा महानगरपालिकाको प्रमुख प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानको प्रभावकारितासँगै बोटको आयु बढ्नु र सुन्तला उत्पादनमा समेत वृद्धि भएको र आफूले सुन्तला बिक्रीबाट सात लाख ३० हजार आम्दानी गरेको फेदी पाटनका कृषक प्रकाश पौडेल जानकारी दिनुभयो । 

महानगरपालिकाले सुरु गरेको अभियानले अन्तर्गत किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यका साथ तीन वर्षयता ४५ लाख अनुदान हस्तान्तरण गरेको छ भने यस आर्थिकका लागि रु २० लाख बजेट विनियोजन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कँडरियाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button