तपाईँ सुन्दै हुनुहुन्छः

जनतालाई बुझाउने गरी मिडियाले सत्य तथ्य बाहिर ल्याउनुपर्छ : सचिव भट्ट

धनगढी । नेकपा एमाले सचिव लेखराज भट्टले जनतालाई बुझाउने गरी मिडियाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिद्वारा आज धनगढीमा आयोजित नेकपा एमालेको १०औँ अधिवेशनमा निर्वाचित केन्द्रिय पदाधिकारी तथा केन्द्रिय सदस्यहरूको स्वागत तथा सम्मानमा कार्यक्रममा सचिव भट्टले सरकारका बारेमा अहिले मिडियाले लेख्न छाडेको बताउनुभयो ।

उहाँले ओली सरकारका विरुद्ध मिडियाले समेत घेराबन्दी गरेको उल्लेख गर्दै अहिले मिडियाले बोल्न, लेख्न छाडेको भन्दै व्यङ्ग्य गर्नुभयो । सचिव भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेको सङ्गठनलाई मजबुद र एकताबद्ध बनाउन सबैले लाग्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य  कर्ण थापाले पार्टीको विधान, विधि र पद्धति अनुरूप केन्द्रिय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरो गठन भएको बताउनुभयो ।

प्रेस चौतारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज हेमन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमलाई पार्टीका पोलिटब्युरो सदस्य द्वय नारद मुनी राना, लीला भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button