तपाईँ सुन्दै हुनुहुन्छः

१८ औँ माछापुच्छ्रे बैङ्क ओपन टेनिस पोखरामा हुने

कास्की । १८ औँ माछापुच्छ्रे बैङ्क ओपन तथा भेट्रान टेनिस प्रतियोगिता पोखरामा हुने भएको छ । 

विभिन्न देशका १ सय २८ जना खेलाडीहरूको सहभागी रहने प्रतियोगिता आगामी पुस ११ गते देखि १५ गते सम्म पोखरा रङ्गशालामा हुने भएको छ । विभिन्न देशका खेलाडी सहित नेपालका ख्याति प्राप्त टेनिस खेलाडीहरूको सहभागी रहने कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ । 

पोखरा रङ्गशालाको ६ वटा टेनिस कोटमा प्रतियोगिता सञ्चालन हुने जिल्ला टेनिस सङ्घ कास्कीका अध्यक्ष लोक बहादुर गुरुङले बताउनु भयो । उहाँले भन्नु भयो ‘नेपालका विभिन्न इभेन्ट हरूमा जित हासिल गरेका विभागीय टिम सहितका खेलाडीहरूका साथै राप्रपा नेता कमल थापाको समेत प्रतियोगितामा सहभागी रहने छ ।’

प्रतियोगिताको मेन्स सिंगल्स, डबल्स मा ३५, ४५ र ५५ वर्ष माथि हुने छ भने ६५ वर्ष माथि मेन्स सिङ्गल हुने प्रतियोगिता संयोजक नवीन चालीसेले बताउनुभयो । विजेता खेलाडीहरूले नगद मेडल र प्रमाण पत्र समेत प्राप्त गर्ने चालीसेले जानकारी दिनुभयो । 

१४ वर्ष उमेर भन्दा माथि विभिन्न उमेर समूहमा हुने ओपन तथा भेट्रान प्रतियोगितामा नेपाल, अमेरिका दार्जलीङ लगायत विभिन्न देशका टेनिस खेलाडीको सहभागिता रहेको छ । 

नयाँ वर्षको छेको पारेर प्रतियोगिता आयोजना गर्दा खेल पर्यटनको पनि विकास हुने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button