ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट सुनसरी इटहरी उप–महानगरपालिका–४ की ६५ बर्षीया देबी खडका मृत्यु भएको हो ।
बिहान ११ः०० बजे धरानतर्फ जाँदै गरेको प्रदेश १–०२– ००१ ख ८६५२ नम्बरको ट्रकले पैदल यात्री खडकालाई ठक्कर दिएको थियो ।
घाइते खडकाको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र ट्रक चालक तेह्रथुम जिरीखिम्ति–६ का पेम्वा शेर्पालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्