तपाईँ सुन्दै हुनुहुन्छः

पाँच दलीय गठबन्धनलाई अझ बलियो बनाउँदै लैजानुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी तत्त्वहरू अहिले पनि प्राप्त उपलब्धि उल्टाउने कसरतमा रहेको बताउनुभएको छ । 

नेकपा मसाल (सम्पर्क केन्द्र) सँगको एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्नेहरू अझै पनि गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्रमा लागिरहेको बताउनुभयो । 

उहाँले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्ने र प्रतिगामी तत्त्वहरू बीच ध्रुवीकरण बढिरहेको समेत बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बलिदानी र सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न परिवर्तनकामी पक्षहरू एक ठाउँमा उभिएर प्रतिगामी षडयन्त्रलाई परास्त गर्दै जनताको पक्षमा उभिन आग्रह गर्नुभयो । 

उहाँले मुलुकको परिवर्तनका पक्षधर र त्यसमा इमानदार क्रान्तिकारीहरू बीचको दिगो एकताले नै प्रतिक्रान्तिकारीहरूलाई परास्त गर्न सकिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले एमालेसँग गरेको एकता केपी ओलीले सत्तामा पुग्ने भर्‍याङको रुपमा मात्र प्रयोग गर्दा विश्वासघात भएको बताउँदै आगामी चुनावमार्फत जनताले मूल्याङ्कन गर्ने दाबी गर्नुभयो । 

उहाँले अहिलेको पाँच दलीय गठबन्धनलाई अझ बलियो बनाउँदै लैजानुपर्ने पनि उल्लेख गर्दै पार्टीको तर्फबाट सबै प्रयासहरू गरिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button