अछाम जिल्लाबाट दोस्रो पटक केन्द्रमा प्रतिनिधित्व

अछाम । नेपाली काँग्रेसको ७५ बर्षे इतिहासमा अछाम जिल्लाबाट दोस्रो पटक केन्द्रमा प्रतिनिधित्व भएको छ ।
कांग्रेस अछामले ६२ वर्षपछि दोस्रो पटक केन्द्रिय सदस्य पाएको हौँ । कांग्रेस अछामबाट पूर्व सूचना तथा सञ्चार राज्य मन्त्री गोविन्द बहादुर शाह केन्द्रिय सदस्यमा निर्वाचित भएसँगै कांग्रेस अछामको केन्द्रमा उपस्थिति भएको हो ।
उहाँले खस आर्य समूहबाट २ हजार १४ मत सहित विजयी हासिल गर्नुभयो । यो नेपाली कांग्रेस अछामको इतिहासमा केन्द्रमा दोस्रो पटक हो ।
२०१७ वैशाख २५ गतेदेखि २५ गतेसम्म भएको ७औँ महाधिवेशनमा यसअघि नेपाली काँग्रेसका ८ औँ केन्द्रिय महाधिवेशनमा अछामबाट दिल बहादुर बुढथापा केन्द्रिय सदस्य हुनु भएको थियो ।
त्यसपछि ६२ बर्षे लामो इतिहासमा अछाम जिल्लाबाट कुनै पनि नेता केन्द्रमा पुग्न सक्नुभएको थिएन ।
यस्तै, सुदूरपश्चिम प्रदेश अधिवेशनबाट अछाम जिल्लाका एक महामन्त्री, एक सह महामन्त्री, ४ जना प्रदेश सदस्य निर्वाचित हुनुभएको छ।
प्रदेश महामन्त्रीमा कांग्रेस अछामका पूर्व पार्टी सभापति मेघराज खड्का ६ सय ३५, सह महामन्त्रीमा महासमिति सदस्य युवा नेतृ अम्बिका चलाउने ६ सय ८८ र सदस्यहरूमा महिलाबाट अनुराधा स्वाँर, दलित महिलाबाट रुपा आउजी, भूगोलबाट तुला साउद र खस आर्यबाट भक्त ठकुल्ला निर्वाचित हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्